कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी राज्यको बाकीको माग गर्न प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट्न चाहन्छिन्। यसको निम्ति उनले प्रधानमन्त्रीलाई चिट्ठी लेखेकी थिइन्। अब उनी आगामी हप्ता दिल्ली गइऱहेकी छन् र पीएम मोदीसित भेट्ने समय मागेकी छन्। ममताले यी कुरा शनिवार बागडोगरा एय़रपोर्ट सामू मीडियासित कुराकानीमा भनिन्। यसअघि उनी गत सेप्टेम्बर दिल्ली गएकी थिइन्।
विपक्षी गठबन्धन “आईएनडीआई” को चौथो बैठक १७ देखि २० दिसम्बरबीच दिल्लीमा हुनेछ। त्यसको निम्ति कांग्रेस नेता राहुल गान्धीले स्वयं फोन गरी ममतालाई आउने अनुरोध गरेका छऩ्। ममता यस बैठकमा जानेछिन् यसैले १८ देखि २० दिसम्बरबीच कुनैपनि दिन पीएम मोदीसित भेट्ने समय मागेकी छऩ्। यदि पीएम मोदीले भेट्ने समय नदिए ममताले चेताउनी दिँदै भनिन्, समय दिए ठीकै छ नदिए मलाई थाहा छ मैले के गर्नुपर्ने हो।
यसअघि अक्टोबरमा तृणमूलका अखिल भारतीय महासचिव एवं सासद अभिषेक ब्यानर्जीले राज्यको बाकीको माग गर्दै दिल्लीमा प्रदर्शन गरेका थिए। उनी केन्द्रिय ग्रामीण विकास मन्त्री गिरिराज सिंहसित भेट गर्न चाहन्थे तर उनले समय पाएका थिएनन् जसपछि खूबै हंगामा भएको थियो।