६०० ग्राम ब्राउन शुगरको साथ दुई पक्राउ

IMG-20230528-WA0320-5-300x172-3

सिलगढ़ीः स्पेशल अपरेशन ग्रुप (एसओजी) र भक्तिनगर थाना पुलिसले हिजो राति ६०० ग्राम ब्राउन शुगरको साथ दुई तस्करलाई पक्राउ गरेको छ। पक्रा परेको तस्करहरूको नाम एमडी जहांगीर र रूबेल मिया बताइएको छ।

सूत्रहरू अनुसार, मालदा कालियाचकबाट बसमा रूबेल मिया ब्राउन शुगर लिएर सिलगढ़ीमा तस्करीको निम्ति पीसी मित्तल बस स्ट्याण्ड पुगेको थियो। जसलाई रिसीव गर्न एमडी जहांगीर अगावै पुगिसकेको थियो। जसको सूचना एसओजीले पायो। जसपछि एसओजीको टीमले भक्तिनगर थानाको मद्दतले अभियान चलाएर दुवैलाई रेड ह्याण्ड समायो। आरोपितहरूदेखि पुलिस टीमले ६०० ग्राम ब्राउन शुगरको जफत गऱेको छ। जसपछि दुवैलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरियो। भक्ति नगर थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement