कालचिनी। सोसियल फरेस्ट्री प्लोटमा लगाईएको रुखहरु बिना अनुमति कटाई गरेकोमा नोटिस गरिएको घटना प्रकासमा आएको छ।
कालचिनी खण्डको चिञ्चुला आउट डिभिजन गङ्गुटियाको एउटा सोसियल फरेस्ट्री प्लोटको रुखहरु कमान प्रबन्धनपक्ष र बन विभागकहाँ कुनै अनुमति नचढ़ाई काटेकोमा स्थानीय बासिन्दा बेन्जामिन खाखा विरुद्ध नोटिस दिएको चिञ्चुला प्रबन्धनपक्षले जनाएका छन।

कमान प्रबन्धनपक्षलाई र बन विभागलाई कुनै संज्ञान नदिई धमाधम रुखहरु किन ढालियो भन्दै बेन्जामिन खाखालाई नोटिस गरिएको छ भने यस सम्बन्धमा बेञ्जामिन खाखाले सोसियल फरेस्ट्री अन्तर्गत सो रुखहरु आफूले लगाएको र हावा हुन्डुरीले केही रुखहरु ढलेको र भाँचिएकोले ती रुखहरुलाई ढाल्न लगाईएकोमा नोटिस पाएको र कमान प्रबन्धनपक्षले सो सम्बन्धित कागजपच्र प्रस्तुत गर्ने निर्देश दिँदा भएको कागजपच्र प्रबन्धनपक्षलाई जमा गरिएको जनाएका छन।
यता प्रबन्धनपक्षलाई जानकारी नदिई र बन विभागको अनुमति बिना यसरी रुखहरु ढालेकोमा कानुनी पदक्षेप ग्रहण गरिनु सकिने बन विभाग सुत्रले जनाएका छन।