चक्रवातको प्रभावलाई लिएर राज्य सरकारले किसानहरूलाई अलर्ट नगर्दा भारी नोकसान

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगालका तटीय जिल्लाहरूमा चक्रवात मिचौङको कारण लगातार छह दिनसम्म पानी परेको छ। यसले गर्दा राज्यमा व्यापक स्तरमा हुने धानको खेतीलाई त नोकसान पुगेकै छ साथै आलू किसानहरूलाई पनि भारी नोकसान पुगेको छ। पश्चिम बंगाल सरकारले चक्रवातको प्रभावबारे किसानहरूलाई अलर्ट नगरेको आऱोप छ, जसले गर्दा नोकसान थप बढ़ेको छ।

चक्रवातको प्रभावले कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर तथा बर्दवानमा लगातार पानी परेको छ। यसमध्ये आलूको खेती सबैभन्दा अधिक हावड़ा र हुगलीमा हुन्छ। यहाँ किसानहरूले यस्तै किसिमको आरोप लगाएका छन्। सरकार किसानहरूलाई बेमौसम वर्षाबारे चेताउनी दिनमा विफल रहेको दाबी गरिएको छ, जसबाट राज्यको दक्षिणी क्षेत्रमा आलूको फसललाई नोकसान पुगेको छ। राज्यभऱिका आलू किसानहरूलाई वित्तीय झटका लागेको छ किनभने गत तीन दिनमा बेमौसम पानी परेकोले उनीहरूको फसल बर्बाद भएको छ। कृषि विभागको चेताउनीको अभावमा उनीहरूले कुनै सावधानी अपनाउन सकेनन्।

नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले यस मामिलामा भने, सरकारले किसानहरूलाई तीव्र गतिमा विकसित हुने उच्च गुणवत्ताको आलूको बिउँ निःशुल्क बाँड्नुपर्छ ताकि उनीहरूको नोकसानको केही हिस्सा पूरा हुनसकोस्। कृषि विभागका अधिकारीहरू ममता ब्यानर्जीलाई रिझाउन व्यस्त रहन्छन् यसैले किसानहरूबारे बंगलामा सोच्ने कोही छैन। किसानहरूले केन्द्रिय फसल बीमा योजनाको लाभ पाएनन् किनभने ममता ब्यानर्जी सरकारले यसबाट बाहिर निस्केर आफ्नो फसल बीमा पेश गरेकी थिइन्, जुन शुरू नै भएन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement