समाजसेवी बिक्रम राईलाई नागाल्याण्डमा संवर्द्धना

IMG-20231209-WA0186.jpg

कोहिमा: नागाल्याण्डको राज्यपाल श्री ला गणेशनको उपस्थितिमा, सासदं राजु बिष्टको बाहुलीबाट, बिक्रम राईलाई उत्तर पुर्व भारतको गोर्खा फेस्टिभलमा भव्य सम्मान जनाएकाे छ। सानै उमेरदेखि समाजको विभिन्न तहका मानिसहरूको निम्ति निरन्तर सामजिक कामहरू गर्दे आइरहेका बिक्रम राईले सयदिन पहाड बन्द, कोरोनाकालदेखि लिएर लगातर रूपमा गरीब तथा असहाय बिमारी परिवारलाई आर्थिक सहयोग तथा गरिब परिवारका नानीहरूलाई शिक्षा र पिडितहरूको निम्ति विविध सहयोगहरू गर्दै आइरहेका छन।हाल तिनी आफै पनि निक्कै अस्वस्थ रहे तापनि गोजीमा दवाई बोकेर खाँदै भएपनि दिन-रात अरूको निम्ति खटिरहेको राईलाई अन्य प्रान्तले यसरी चिन्नु सम्पूर्ण पहाडको निम्ति एउटा गर्वको बिषय हो। यसरी सम्मान पाएपछि आफुले यहाँबाट नयाँ ऊर्जा र अनुभव लिएर आफू फर्किरहेको जनाउँदै नागाल्याण्डको हनविल फेस्टिभलका अंश ग्रहण गर्न पाएर आफु अत्यन्तै प्रवाहित बनेको पनि विक्रम राईले जनाएका छन्। नयाँ ऊर्जाको साथमा कार्यक्रम सकिए पछि आउँदो १३ डिसेम्बर घर आइपुग्ने पनि तिनले फोन मार्फत जानकारी गराएका छन्।

आज समाजसेवी ब्याक्तित्व बिक्रम राईले नागाल्यान्डका राज्यपाल सित पनि भेट गरे।

About Author

Advertisement