पाकिममा शुरू भयो निःशुल्क शितकालिन प्रशिक्षण शिविर

n5638362821702135288372154b479cd38cdd8a84c24407cdf10090d8f72db991d015b1a7d05f94ac080616.jpg

पाकिम: सिक्किमको खेलकूद एवम् युवा मामिला विभागको पहलमा आजदेखि पाकिम जिल्लास्थित सेन्ट जेवियर्स विद्यालयको मैदानमा निःशुल्क शितकालिन प्रशिक्षण शिविर शुरू भयो। यस अवसरमा पाकिम जिल्लाबाट कूल ११० जना विद्यार्थीहरूले फुटवल, ब्याडमिन्टन, टेबल टेनिस खेलमा आफ्नो नाम दर्ता गराएको जानकारी गराइएको छ।

उक्त शिविरमा विभागबाट मान्यता प्राप्त प्रशिक्षकद्वारा खेलका आधारभूत सीपहरू सिकाइनेछ। हाल देशभरि चलिरहेको फिट इन्डिया आन्दोलनका उपनिर्देशकले फिट इन्डिया अभियानको महत्व र लक्ष्यबारे प्रकाश पारे। प्रशिक्षार्थीहरु बीच मुख्यमन्त्री वन माइल रन पनि आयोजना गरिएको थियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा उपस्थित दमलाखा विद्यालयकी प्राचार्य सियोन लेप्चाको बाहुलीबाट पुरस्कार प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *