नाम्ची: नाम्चीकाे भाइचुङ स्टेडियममा आज स्वर्गीय स्टिभ फिपाेन लेप्चा स्मृति भेट्रन फुटबल प्रतियाेगिताकाे फाइनल खेल सम्पन्न भयाे। सिनाल्चु फुटबल कल्बले आयाेजना गरेकाे यस प्रतियाेगिताकाे आजकाे कार्यक्रममा नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई मुख्य अतिथि रहेका थिए।
उक्त प्रतियाेगिता गत तीन दिसम्बरदेखि शुरू भएकाे थियाे। यस प्रतियाेगितामा १२ दलले सहभागिता जनाएका थिए। कार्यक्रमकाे मुख्य आकर्षणकाे रूपमा रहेकाे फाइनल खेलमा एक-एककाे बराबरीमा खेल समाप्त हुँदा टाइ ब्रेकरमा दार्जीलिङ टाउनले दार्जीलिङ फुटबल साेसाइटीलाई पराजित गऱ्यो।