लुइस स्वारेज सिजनको उत्कृष्ट खेलाडी चुनिए

Untitled-1-copy-34

लियोनेल मेस्सीका बार्सिलोनाका पूर्व सहकर्मी र उरुग्वेका स्टार स्ट्राइकर लुइस स्वारेज ब्राजिलियन फुटबल लिगमा सिजनको उत्कृष्ट खेलाडी घोषित भए, जसका लागि उनले ‘गोल्डेन बल’ अवार्ड प्राप्त गरे। ब्राजिलियन लिगमा दोस्रो स्थानमा रहेका ग्रेमियोका लागि सुआरेजले १७ गोल गरेका थिए। पाल्मेरास आफ्नो उपाधि रक्षा गर्न सफल भएपछि ब्राजिलियन लिग बुधबार सकिएको छ।

सिजनको अन्तिम दिन रियो दि जेनेरियोको माराकाना स्टेडियममा फ्लुमिनेन्सविरुद्ध दुई गोल गर्दै सुआरेजले आफ्नो टोलीलाई ३–२ ले खेल जिताउन मद्दत गर्‍यो। एट्लेटिको मिनेइरोका फरवार्ड पाउलिन्होले ब्राजिलियन लिगमा सर्वाधिक २० गोल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement