गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आध्यात्मिक गुरु परमपावन दलाई लामाको सिक्किम आगमनलाई लिएर चलिरहेको तयारीको निरीक्षण गर्न आज सॉंझ राजधानीको पाल्जोर स्टेडियम पुगे।
परमपावन दलाई लामा ११ दिसम्बरमा सिक्किम आइरहेका छन् भने १२ दिसम्बरका दिन पाल्जोर स्टेडियममा अनुयायीहरूलाई आर्शीवचन दिनेछन्।
मुख्यमन्त्रीले यहॉं चलिरहेको सबै आवश्यक व्यवस्थाहरूको निरीक्षण गरे। मुख्यमन्त्रीलाई गृह एवं शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर. तेलाङ लगायत राज्य सरकारका वरिष्ठ अधिकारीहरूले कार्यक्रम स्थलको बारेमा जानकारी दिए। यस अवसरमा मन्त्री लोकनाथ शर्मा तथा अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थित थिए।