गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज पाकिम जिल्लाको भ्रमण गरे। यस अवधि उनी कैंजले शिव पञ्चायन मन्दिरमा आयोजित शिव महापुराणमा सम्मलित बने। रिनाकका क्षेत्र विधायक एवं मन्त्री विष्णु कुमार शर्माले राज्यपाललाई स्वागत जनाए।
राजभवनद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, गत १ दिसम्बरदेखि शुरू भएको र ११ दिसम्बर बाला चतुर्दशीको दिन समापन हुने उक्त पुराण आयोजन गर्नुको मुख्य उद्देश्य विश्व शान्ति र सिक्किममा आएको प्राकृतिक विपदापछि मानिसहरूको जीवनमा पुन: सुख-समृद्धि र शान्तिका साथै सामान्य स्थिति पूनर्स्थापनाको कामना गर्नु रहेको छ।
कार्यक्रमलाई सम्बोधित गर्दै राज्यपाल आचार्यले भने, हाम्रो जीवन धर्म बिना निरर्थक छ। उनले कैंजले मन्दिर समितिले देश, समाज, संस्कृति, मूल्य, धर्मको रक्षाको निम्ति गरेको यस प्रकारको आयोजनलाई सबैभन्दा ठूलो भक्ति बताए। उनले अघि भने, हाम्रो जीवनमा भक्तिको धारा बगिरहोस्, र सत्संगको साथ प्राप्त भइरहोस्।
राज्यपालले कार्यक्रममा धेरै संख्यामा मातृशक्तिको उपस्थितिको प्रशंसा गर्दै भने, कुनै पनि समाजको प्रगति महिलाहरूको भागीदारीद्वारा निर्धारित गरिन्छ।
राज्यपालले आज ताजा एवं नाम्चेबुङ ग्राम प्रशासन केन्द्रको पनि भ्रमण गरे। पञ्चायत र अधिकारीहरूसॅंग संवादको क्रममा राज्यपाललाई विभिन्न गतिविधिहरूको बारेमा जानकारी गराइयो। यस अवसरमा राज्यपाल समक्ष विभिन्न मागहरू पनि राखियो भने राज्यपालले मद्दतको आश्वासन दिए। उनले केन्द्रको विकास व्यवस्थाको प्रशंसा गरे।









