सिक्किम शेर्पा प्रोटेक्सन बोर्डद्वारा राजु बस्नेतको बयानको निन्दा

n56385397217021345888026e7d3080bc40e83facbe9ab71509e7c177f01c221317c9bd3f1384dd38e3c69a.jpg

गान्तोक: सिक्किम शेर्पा प्रोटेक्सन बोर्डले नयॉं दिल्लीमा केन्द्रिय जनजाति मामिला मन्त्री अर्जुन मुण्डा समक्ष राजु बस्नेतले दिएको बयानको कड़ा शब्दहरू भत्सर्ना जनाएको छ।

बोर्डको पक्षमा सोनाम ग्याछो शेर्पाले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर गत ६ दिसम्बर, २०२३ का दिन राजु बस्नेतले केन्द्रिय जनजाति मामिला मन्त्री समक्ष सिक्किमका महाराजा छोग्याल र उनका वंशहरूको विरोधमा बयान दिएको आरोप लगाएका छन्।

सोनाम ग्याछो शेर्पाले उक्त बैठकमा मुख्यमन्त्री पीएस गोले, स्पीकर अरुण उप्रेती, क्याबिनेट मन्त्रीहरू र सिक्किमबाट १२ जना लेफ्टआउट कम्युनिटीका प्रतिनिधिहरू सहभागी थिए भनी प्रेस विज्ञप्तिमा जनाएका छन्। उनले सिक्किमका १२ लेफ्टआउट कम्युनिटीले जनजातिको मान्यता पाउनुपर्छ भन्ने लम्बित मागलाई सिक्किमका सबै समुदायले समर्थन गर्दछ भनी बताएका छन्।

उनले राजु बस्नेतमाथि सिक्किमका छोग्याल र उनका वंशहरूको तुलना मुगल बादशाह बाबर र उनका वंशहरूसॅंग गरेको दाबी गरेका छन्। उनले यसरी तुलना गर्नु भनेको भारतको संविधानले भोटिया-लेप्चा समुदायको निम्ति सुनिश्चित गरेको अधिकारहरूमाथि अप्रत्यक्ष रूपमा आक्रमण भनी ठहर गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement