दार्जिलिङ: दार्जीलिङको सन्त रोबर्ट्स विद्यालयका छात्र प्रियञ्जल छेत्री अनि शिक्षक निर्मल भोटियाको कालेबुङको २७ माइल बांगे, रेल्ली खोलामा डुबेर मृत्यु भएको जानकारी प्राप्त भएको छ। दार्जिलिङको सेन्ट रोबर्ट हायर सेकेण्डरी स्कूलका आठौं श्रेणीको जम्मा ५० विद्यार्थीहरू र बाह्रौं श्रेणीका जम्मा ५ विद्यार्थीहरूसँग ५ जना शिक्षकसहित २७ माइल बांगे, रेल्ली खोलामा पिकनिकमा गएका थिए। यसावधि लगभग १२.४० बजेतिर दार्जिलिङको ३ माइलका उमङ राई(१३ वर्ष) नामका एक विद्यार्थी रेली खोलामा नुहाउन गएका थिए।

पानीमा डुब्दा बचाउन जाँदा शिक्षक निर्मल भोटिया र विद्यार्थी प्रियञ्जल क्षेत्री (१३ वर्ष) ले खोलामा हाम फालेर उमङ राईलाई सकुशल निकाले पनि निर्मल भुटिया र प्रियञ्जल क्षेत्री भने नदीमा डुबेर मृत्यु भएको जानकारी प्राप्त भएको छ। पछिबाट स्थानीय बासिन्दाको सहयोगमा दुवैजनालाई उद्दार गरी रम्बी अस्पताल पठाइएको बताइएको छ।