तीनधारे: तीनधारेका स्रष्टा एल्डर मसीह प्रकाश मोक्तानको चौथो कृतिको रूपमा विविध संकलन ‘समयको चक्र’ आज लोकार्पण गरिएको छ। उक्त कृतिको लोकार्पण तीनधारेको बीस माइलस्थित स्मृति वनमा सम्पन्न प्रि क्रिसमस कार्यक्रममा नै लोकार्पण गरिएको छ। उक्त विविध संकलन ‘समयको चक्र’ मुख्य अतिथि डब्ल्युबीसीएस अफिसर निबिल ईश्वारेरी, प्रेरित ध्रुव शिष्य, रेभरेन्ट मतियास सुब्बा, पास्टर मुन्ना सुन्दास, एल्डर राजु राई, रेभरेन्ट एन जोशवा शर्मा, साहित्यकार युवराज सुन्दास, बीबी थापा, लेखक मसीह प्रकाश मोक्तान र उनकी पत्नी मार्थारानी राई अादिको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त कृति लेकार्पणको घोषणा साथै कृतिमाथि समीक्षात्मक टिप्पणी प्रेरित ध्रुव शिष्यले राखेका थिए। यस अवसरमा उनले एल्डर मसीह प्रकाश मोक्तानले लगातार रूपमा कृतिहरू लेखिरहेको बताउँदै उनको दुईजना छोराहरू र दुई छोरीहरू कृतिको रूपमा रहेको पनि बताइन्। शिष्यले मसीह प्रकाश मोक्तानको चौथो कृति विविध संकलन रहेको र यसमा कथा, क्रिसमस अंक र संस्मरणहरू पनि रहेको बताएका छन्। उनले मसीह प्रकाश मोक्तानद्वारा भविष्यमा अझ अन्य कृतिहरू पनि प्रकाशित गर्ने आशा व्यक्त गरेका छन्। आफ्नो चौथो कृति लोकार्पण विषयमा पत्ररकारहरूसित कुराकानी गर्दै लेखक एल्डर मसीह प्रकाश मोक्तानले विस्तृत रूपमा बताउँदै उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्। एल्डर मसीह प्रकाश मोक्तानको योभन्दा पहिला पनि कथा संग्रह – समर्पणको प्रयासहरू (२०१०), संस्मरण संग्रह -उहाँको असीम प्रेम (२०१६), पुस्तिका – मेरो सेवाकाईको स्वर्णिम यात्राहरू (२०२०) प्रकाशित छन्।