खरसाङ: खरसाङ खण्ड अन्तर्गत सिटोग तीन ग्राम पञ्चायतको दश माइल फरेस्ट बस्तीको अनुसूचित जनजातिको ८ परिवारहरूलाई फरेस्ट टाईटल डिड वितरण गरिएको छ। उक्त फरेस्ट टाईटल डिड खरसाङ खण्डको पञ्चायत समितिको सभापति अनु प्रधान र सहकारी सभापति नारायण थापाको बाहुलीबाट वितरण गरिएको छ। उक्त फरेस्ट टाईटल डिड वितरण कार्यमा बीसीडब्ल्यु अफिसर सुजता तामाङ पनि उपस्थित थिए भनी जानकारी प्राप्त भएको छ।