अलिपुरद्वार: तृणमूल कांग्रेसको ट्रेड युनियन आईएनटीटीयुसी -को स्थापना दिवस कालचिनी ब्लकका विभिन्न क्षेत्रमा मनाइयो। कालचिनी ब्लकमा शनिबार मजदुर संगठनको स्थापना दिवस इन्ट्टकका मजदुर समर्थकले मनाएका छन्। झण्डा फहराएर मजदुर दिवस मनाइन्छ। कालचिनी ब्लक आईएनटीटीयूसी अध्यक्ष प्रेमा लामाले झण्डा फहराएका थिए। यस अवसरमा तृणमूल कांग्रेसका कालचिनी ब्लक अध्यक्ष वीरेन्द्र ओरा पनि उपस्थित थिए। यस दिन अलिपुरद्वार जिल्लाको प्रत्येक ब्लकमा आईएनटीटीयुसी-को स्थापना दिवस मनाइयो।