बीरपाड़ाः आज वीरपाडामा डुवर्स गोर्खा सम्मेलनको पहिलो बैठक शिक्षक अजय मगरको अध्यक्षतामा सम्पन्न भयो। सभामा पश्चिम, पूर्व अनि मध्य डुवर्सका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो।
डुवर्सको गोर्खाहरूको सर्वाङ्गीण विकासमाथि कार्य गर्ने सभाले पारित गरियो। सभाले पूर्व डुवर्सको निम्ति अजय मगर अनि मध्य डुवर्सको निम्ति बुद्धिमान लामालाई संयोजकको रूपमा चयन गरियो।
मुख्यमन्त्री ममता व्यानर्जीको डुवर्स भ्रमणमा डुवर्सका गोर्खा समुदायहरूलाई केही कोशेली घोषणा गर्ने छिन भन्ने कुरामा आशावादी रहेको संयोजक बुद्धिमान लामाले बताएका छन्।