दार्जीलिङ जिल्ला कङ्ग्रेसको तर्फबाट प्रदर्शन

IMG_20220722_221751.jpg

सिलगढ़ी: शुक्रवार दार्जीलिङ जिल्ला कङ्ग्रेसको तर्फबाट ईडीद्वारा कङ्ग्रेस अध्यक्ष सोनिया गान्धीलाई नोटिस दिएको विरोधमा हिलकार्ट स्थित पार्टी कार्यालय समक्ष प्रदर्शन गरियो। कङ्ग्रेसीहरूले दार्जीलिङ जिल्ला कङ्ग्रेसका अध्यक्ष एवं माटीगढ़-नक्सलबाड़ीका पूर्व विधायक शंकर मालाकारको नेतृत्वमा प्रदर्शन गरे।
यस अवसरमा शंकर मालाकारले भने, ‘केन्द्रिय जाँच एजेन्सीले भाजपा सरकारको इशारामा काम गरिरहेछ। जब कुनैपनि व्यक्तिले भाजपा सरकारको विफलताहरूलाई उजागर गर्दछ तब भाजपा र मोदी सरकारले षड़यन्त्र गरी जाँच एजेन्सीहरूको माध्यमले फर्जी र झूठा कारबाही गरी दबाव बनाउने प्रयास गर्दछ। आज कांग्रेस अध्यक्ष सोनिया गान्धी जनताको आवाज बनेकी छन्। यसैले गर्दा बदलाको भावनाले केन्द्र सरकारले दमनकारी नीति अपनाईरहेछ। त्याग र बलिदान दिने गान्धी परिवारलाई यस प्रकार जाँचको नाममा बदनाम गरिनु सहन हुनेछैन। यसैको विरोधमा कांग्रेसले पूरा देशमा आवाज उठाईरहेछ’।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement