परिवारको अनुपस्थितिमा घरभित्र पसेर एक जनाको हत्या, छिमेकी पक्राउ

ef12410f-5690-4831-918b-f8304f65c35b

सिलगढी: परिवारको सदस्य नहुँदा एक छिमेकीले एक व्यक्तिलाई घरको शौचालयमा लगेर हत्या गरेको आरोप लागेको छ। आरोपितलाई परिवारका सदस्यले रंगेहात पक्राउ गरेका छन्। सिलगढीको वार्ड नम्बर ४० स्थित दुर्गानगर कालोनीमा भएको हत्याको घटनाले सनसनी मच्चाएको छ। घटना शुक्रबार राति भएको हो। मृत्यु हुनेको नाम विपुल गुप्ता (४०) हो। उनी फेरीवाला थिए। हत्या आरोपमा छिमेकी राम बर्मनलाई खाल्पाडा चौकीले पक्राउ गरेको छ। शुक्रबार राति विपुल गुप्ताकी श्रीमती र छोरा बिहेको घर गएका थिए। घर फर्किएपछि उनले विपुल गुप्तालाई घरमा नभेटेपछि खोजी थाले। त्यसपछि उनले घरको शौचालयबाट रगत निस्किरहेको देखे। त्यसपछि हत्याका आरोपी राम बर्मनले भित्रबाट ढोका खोले। उनी त्यहाँबाट भागे। घटनाको जानकारी पाएलगत्तै खाल्पाडा थानाको पुलिसले घटनास्थलबाट अभियुक्तलाई पक्राउ गरेको थियो। यद्यपी हत्याको कारण भने खुल्न सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement