खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु प्रधानलाई सम्मान

IMG-20231209-WA0169.jpg

खरसाङ: खरसाङ देवराली समष्टी अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायतको नव निर्वाचित पञ्चायत समिति सदस्य र पञ्चायत सदस्यहरूले खरसाङ खण्डको पञ्चायत समितिको सभापति अनु प्रधानलाई प्रशंसा पत्रद्वारा सम्मान जनाएका छन्। यस क्रममा भागोप्रमोको चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य दिनेश तामाङको अगुवाईमा निर्वाचित पञ्चायत सदस्य दिपेस थापा र पञ्चायत सदस्या सिमा थापाको उपस्थितिमा सम्पूर्ण चिमनी देवराली ग्राम पञ्चायतको जनताको पक्षबाट खदार्पणसहित प्रशंसा पत्रद्वारा सम्मान जनाइएको छ। पञ्चायत समिति सदस्य र पञ्चायत सदस्यहरूले खरसाङ खण्डको पञ्चायत समितिको सभापति अनु प्रधानको कार्यालयमै पुगेर सम्मान जनाएको छ। यस क्रममा चिमनी देवराली ग्राम पञ्चायतको विभिन्न समस्याहरू र विकासमूलक कार्यहरूको गरिदिने अनुरोध र सम्पूर्ण जानकारीसहित ज्ञापन पनि सुम्पेको जानकारी चिमनी देवराली ग्राम पञ्चायतको नर्थ शिवखोलाको पञ्चायत सदस्य दिपेस थापाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement