जलपाइगढी : प्रेमिकाले बिहे गरेको देखेर प्रेमीले ट्रकको अगाडि हाम फालेर आत्महत्या गर्ने प्रयास गरेका छन्। घटना शुक्रबार साँझ करिब ६ः३० बजे एसियाली राजमार्ग ४८ मा धुपगढी लाल विद्यालय नजिक भएको हो। स्थानीय स्रोतका अनुसार एसियाली राजमार्ग नं ४८ मा रहेको लाल स्कुल नजिकै एक युवकलाई लरीको अगाडि हाम फालेको मानिसहरूले देखेका थिए। तर, सौभाग्यवश ती युवक बाँचे। त्यसपछि स्थानीयले युवकलाई पक्रेर धुपगढी पुलिस थानामा खबर गरेका थिए। धुपगढी पुलिस थाना आएर युवकलाई पक्राउ गरी पुलिस थाना लगे। प्रेमिकाले बिहे गरेको देखेपछि युवकले आत्महत्याको प्रयास गरे।