म बंगालको बकाया पैसा माग्न जाँदैछु: मुख्यमन्त्री

IMG-20231209-WA0152.jpg

सिलगढ़ी: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी १७ दिसम्बरमा दिल्ली गइरहेकी छन्। उनी प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न दिल्ली गइऱहेकी छन्। उनले शनिवार बागडोगरा एयरपोर्टमा यो कुरा भऩेकी हुन्।

वस्तुतः राज्यकी मुख्यमन्त्री यस समय उत्तर बंगालको साथ दिवसीय यात्रामा छिन्। खरसाङको आफ्नो यात्रा पूरा गरेपछि उनी बागडोगरा एयरपोर्टबाट अलीपुरद्वारको निम्ति प्रस्थान गरने क्रममा उनले पत्रकारहरूलाई सम्बोधित गर्दै भनिन्, १७ दिसम्बरमा उनी प्रधामन्त्री मोदीलाई भेट्न दिल्ली गइरहेकी छन्। जसको निम्ति उनले अगावै प्रधानमन्त्रीलाई चिट्ठी लेखिसकेकी छन्।

१८, १९ वा २० दिसम्बर कुनैपनि दिन उनले प्रधानमन्त्रीसित भेट गर्न सक्छिन्। जहाँ उनले आफ्ना सांसदहरूको साथ मिलेर प्रधानमन्त्रीसित बंगालको सय दिनको काम, घऱ-ग्रामीण सड़कहरू र स्वास्थ्य क्षेत्रको रोकिएको पैसाको माग गर्नेछिन्। उनले जीएसटीको पैसा किन नदिइएको यसमाथि पनि चर्चा गर्नेछिन्।

मुख्यमन्त्रीले भने, ‘बङ्गालको बक्यौता रकम माग गर्न केही सांसदसँग जाँदैछु। मलाई समय नदिए पनि म दिल्ली जाँदैछु।’

आज कर्सियाङको भ्रमण सकेर मुख्यमन्त्री बागडोग्रा एयरपोर्ट हुँदै अलिपुरद्वार प्रस्थान गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement