खरसाङ: पहाड़ र पहाड़वासीको लागि विकास र सहुलियतहरूको उपहार दिएर फर्किइन् राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी। उनी मकैबारीबाट निस्केर पंखाबारी रोड भएर खरसाङ मोटर स्ट्याण्ड निस्केर रोहिणी रोड हुँदै फर्किइन् सिलगढी। खरसाङको मोटर स्ट्याण्डमा जीटीएको प्रमुख कार्यपल एंव भागोप्रमो केन्द्रीय अध्यक्ष अनितले थापाले मुख्यमन्त्री ममता ब्यानर्जीलाई नमस्कार गर्दै धन्यवादसहित बिदा दिएका थिए। उक्त समय मुख्समन्त्रीको गाड़ी केही हल्का गरेपछि मुख्यमन्त्री र जीटीए प्रमुखमाझ छोटो कुराकानी भएको देखियो। त्यसपछि मुख्यमन्त्री ममता उपस्थित सबैलाई अभिवादन गर्दै खरसाङबाट सिलगढीतर्फ लागिन्। आज खरसाङबाट राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी फर्किने क्रममा जीटीए कर्मचारी संगठनको कर्मचारीहरू पनि ठूल्ठुलो ब्यानरहरू र धन्यवाद लेखेको प्ला कार्डहरू लिएर मुख्यमन्त्रीप्रति धन्यवादी हुँदै उपस्थित रहेका थिए। मुख्यमन्त्री फर्केको समय पहाड़का जनताले मुख्यमन्त्रीले हिजो गरेको विभिन्न घोषणाहरूको लागि धन्यवाद दिन्दै उपस्थित रहेका थिए। स्मरण गराईन्छ राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी गत बुधबार पारिवारिक विवाह समारोह र सरकारी कार्यक्रममा सामेल हुनलाई पहाड़ आएकी थिइन्। उनी खरसाङके मकैबारी चियाबारीको बंगलोमा बसेकी थिइन्। यसपाली मुख्यमन्त्री ममताले बिहीबार मकैबारी चियाबारीमा स्थानीय श्रमिसहरूसितै चियापत्ती टिपिन्। उनले हिजो शुक्रबारको दिन खरसाङको मन्टिभियट खेल मैदानमा भएको सरकारी कार्यक्रममा दार्जिलिङ र कालेबुङ जिल्लाको लागि करोडौं रूपियाँको विकास कार्यहरूको उदघाटन क शिलान्यास गरिन् भने विभिन्न सरकारी सहुलियतहरू पनि वितरण गरेकी थिइन्। पहाड़मा विभिन्न विकासमूलक कार्यहरू र सहुलियतहरूको पनि घोषणा गरेर पहाड़वासीलाई उपहार दिई राखेर तीन दिसम्म खरसाङमा बसेर चौथो दिन सिलगढी फर्किन्। उनको भोलि शनिवार अलिपुरद्वारमा मुख्यमन्त्रीको कार्यक्रम रहेको छ।