हात्तीको दुईवटा दाँत सहित तीन जना तस्कर पक्राउ

Screenshot_20231209_160841_Samsung-Internet.jpg

आमबारी: आमबारी रेञ्जका वन अधिकारीहरूले क्रेताको भेषमा सिलगढीको चम्पासरी इलाकामा अभियान चलाएर दुई हात्तीको दाँत सहित तीनजना तस्करलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा आमबारी रेञ्जका रेञ्जर आलमगीर हक लगायत वन कर्मीहरू क्रेता बनेर हिजो सिलगढीको चम्पासरी इलाकामा अभियान चलाएर २ केजी ओजन भएको २ वटा हात्तीको दाँत सहित तीनजना तस्करलाई पक्राउ गरेको छ। तथापि, मुख्य आरोपीले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। जाँचको उद्देश्यले आरोपीहरूको नाम उजागार गरिएको छैन। वन विभाग सूत्रले दिएको जानकारी अनुसार केही दिन अघिदेखि नै इलाकामा तस्करी गुट सक्रिय रहेको थियो। वन अधिकारीहरूले क्रेताको भेषमा उक्त इलाकामा अभियान चलाएर दुई किलो ओजन भएको दुई वटा हात्तीको दाँत सहित तीनजनालाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको हात्तीको दाँत असमबाट सिलगढी हुँदै भिन्न राज्यमा तस्करी गर्ने उद्देश्य रहेको कुरा आरोपीहरूले स्वीकारे। पक्रा परेका तीन जना तस्करलाई आज जलपाईगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement