२४ घण्टामा १० जना नानीको मृत्यु

IMG-20231209-WA0139.jpg

काेलकाता: महानगर कोलकातादेखि २०० किमी टाढ़ा मुर्शिदाबादको जिल्ला सरकारी अस्पतालमा २४ घण्टाभित्र १० जना नानीको मृत्युले सनसनी फैलिएको छ। स्थानीय मानिसहरूले चिकित्सकहरूमाथि घोर लापरवाहीको आरोप लगाएका छन्, जसपछि शुक्रवार नै जिल्ला स्वास्थ्य विभागले जाँच समितिको गठन गरेको थियो।

यसपछि अब अस्पतालका अधिकारीहरूले नानीको मृत्यु हुनुको पछाड़ी अनौठो कारणहरू बताउनु शुरू गरेका छन्। चिकित्सकहरूको भनाई छ, जुन नानीहरूको मृत्यु भएको छ, तिनीहरूलाई गम्भीर रोग थियो। यद्यपि मानिसहरूको भनाई छ, गम्भीर रूपमा बिरामी नानीहरूलाई नै अस्पताल लगिन्छ तर यति भारी संख्यामा नानीहरूको मृत्यु हुनु, यसले प्रश्न चिह्न खड़ा गरेको छ।

मुर्शिदाबाद मेडिकल कलेज एवं अस्पतालमा बुधवार मध्य रातसम्म २४ घण्टाभित्र नौ नवजात शिशु र दुई वर्षीय एक बालकको मृत्यु भय़ो। एक वरिष्ठ अधिकारीले भने, १० जना नानीमध्ये तीनको जन्म अस्पतालमा भएको थियो र सातलाई उपचारको निम्ति अन्य अस्पतालहरूबाट यहाँ ल्याइएको थियो। यी शिशुहरूमध्ये दुई जन्मदेखि नै हृदय रोगले पीड़ित थिए, एकलाई न्यूरोलोजिकल समस्या थियो, दुई सेप्टीसीमियाले पीड़ित थिए, तीनको जन्मको समय ओजन कम थियो र एकलाई जन्मको समय कम ओजनका साथै अन्य समस्याहरू थिए। जिल्ला स्वास्थ्य विभागको तर्फबाट गठित समितिले जब आफ्नो जाँच गरिरहेछ तब अस्पतालका एक अन्य अधिकारीले भने, एक नानी २६ महिनाको थियो र जन्मजात रोगहरूले पीड़ित थियो। यद्यपि, यी सबैले चिकित्सकहरूको लापरवाही भएको खारेज गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement