मुख्यमन्त्री तामाङले गरे दिल्लीमा उपचाराधीन रोगीहरूसँग भेट

IMG-20231209-WA0005.jpg

गान्तोक: एसकेएम पार्टी सरकारमा आएपछि विशेष गरेर शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकता दिँदै आइरहेको छ। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ दिल्ली भ्रमणको क्रममा दिल्लीको विभिन्न अस्पतालमा उपचारधीन राज्यका रोगीहरूसँग भेट गर्दै उनीहरूलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेका छन्। यसै क्रममा आधिकारिक भ्रमणमा दिल्ली पुगेका मुख्यमन्त्री तामाङले आज सिक्किम हाउसमा १०७ जना रोगीहरूसँग भेट गर्दै उनीहरूलाई उपचारको निम्ति आर्थिक सहयोग प्रदान गरेको जानकारी गराइएको छ। भेटको क्रममा मुख्यमन्त्री तामाङले राज्यका रोगीहरूलाई उपचारको निम्ति राज्य सरकारको तर्फबाट सबै प्रकारको सहयोग प्रदान गर्ने आश्वासन दिएका छन्। यसरी नै डीकेके भवनलाई उपचारधीन रोगीहरूलाई सेवा पुऱ्याउने उद्देश्यले अझ एउटा एम्बुलेन्स प्रदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement