कालचिनी: एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा आज लङ्कापाड़ा पगलीखासमा मेडिकल औ भेटेरिनेरी सिभिक एक्सन कार्यक्रम सम्पन्न गरिएको जानकारी एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयले एउटा प्रेस विज्ञप्ति मार्फत दिएका छन। आज उक्त कार्यक्रममा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलाल लगायत कमान्डेन्ट भेटेरेिनरी डा. देवाशीष त्रिपाठी र मेडिकल विभागका एसिस्टेन्ट कमान्डेन्ट डा. आहुति सिंह एवम् स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो।

कमान्डेन्ट मनोहरलालले आजादीको अमृत महोत्सवको महत्व साथै हर घर तिरंगा, छोरी पढ़ाऔँ,छोरी बचाऔँ साथै छोरी चेलीहरुलाई सेन्ट्रल आर्म्ड फोर्सेसमा भर्ती हुने सचेतना साथै आह्वान गरेको थियो भने मेडिकल औ भेटेरिनेरी सिभिक एक्सन कार्यक्रममा क्रमैले २२२ जना गाउँलेहरु र ९०८ को संख्यामा घरपालुवा वस्तुहरुको उपचार साथै निःशुल्क औषधि वितरण गरिएको थियो।