सरकार  शिक्षालाई लिएर गम्भीर छः उपाध्यक्ष लेप्चा

IMG-20231209-WA0004.jpg

गान्तोक: योक्सम महकुमा अन्तर्गत सरकारी निम्न माध्यामिक विद्यालय तिम्ब्रोङले हिजो वार्षिक समारोह पालन गऱ्यो।  यस अवसरमा  सिक्किम विधानसभा उपाध्याक्ष तथा  क्षेत्र विधायक साङ्गे लेप्चा प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए। राज्य औषधिय वनस्पति बोर्डका सल्लाहकार एनबी लिम्बू र पञ्चायत अध्यक्ष मंगल राई विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा पञ्चायत, एसएमसी सदस्य, शिक्षक, विद्यार्थी, अभिभावक तथा अन्य गन्यमान्य व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक सन्तोष सुब्बाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका गतिविधि र उपलब्धिबारे प्रकाश पारे भने  विद्यालयको पत्रिकाको पहिलो संस्करण “मिरर” को विमोचन पनि गरिएको थियो। शैक्षिक तथा अतिरिक्त क्रियाकलापका विभिन्न क्षेत्रमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो भने विद्यालयमा पुऱ्याएको योगदानका लागि विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई  सम्मान जनाइयो। विद्यार्थीहरुले रंगारंग सांस्कृतिक कार्यक्रम  प्रस्तुत गरेका थिए भने आफ्नो सम्बोधनमा  मुख्य अतिथि क्षेत्र विधायक तथा सिक्किम विधानसभा उपाध्याक्ष साङगे लेप्चाले विद्यालयको प्लाष्टिक मुक्त पहल र नियमित शिक्षासँगै जैविक खेती गर्ने अभ्यासको प्रशंसा गरे। उनले शिक्षा क्षेत्रमा राज्य सरकारका विभिन्न पहलबारेमा प्रकाश पार्दै शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताए।विधायक लेप्चाले विद्यालयका माग पूरा गर्ने र राज्य सरकारबाट हरसम्भव सहयोग गर्ने आश्वासन दिएका छन्।  मुख्य अतिथिले विद्यार्थीहरूलाई सफलताको यात्रामा थप कोसेढुङ्गाहरू स्थापित गर्न प्रोत्साहित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement