मुख्यमन्त्री तामाङको वित्त मन्त्री सितारमणसँग भेट

IMG-20231209-WA0003.jpg

गान्तोक: आधिकारिक भ्रमणको निम्ति दिल्ली पुगेका राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले हिजो केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणसँग नयाँ दिल्लीस्थित उनको कार्यालयमा भेट गरे। भेटको क्रममा मुख्यमन्त्री तामाङले गत ४ अक्टोबरको दिन राज्यमा भएको प्रकृतिक प्रकोपको सिक्किमले सामना गर्नुपरिरहेको जानकारी गराए। उक्त प्रकोपमा परि राज्यको कृषि, पशुपालन, पेयजल, सडक र पुल, विद्युत, शिक्षा, स्वास्थ्य, शहरी विकास, ग्रामीण विकास विभाग, भवन तथा आवासलगायत अन्य क्षेत्रका निजी सम्पत्ति व्यापकरूपमा क्षति पुगेको अवगत गराए। मुख्यमन्त्री तामाङले ४ अक्टोबरमा टिस्टा नदीमा आएको भीषण बाढका कारण दीर्घकालीन पुनर्स्थापना लागि आर्थिक सहयोगको माग गर्दै ज्ञापनपत्र पेश गरे।

मुख्यमन्त्रीको कुरालाई केन्द्रीय मन्त्री निर्मला सीतारामणले धैर्यताका साथ सुनेपछि सिक्किमले सामना गर्नुपरेको चुनौतीको लागि चिन्ता व्यक्त गरिन्। उनले सिक्किम सरकारले गरिरहेको दीर्घकालीन पुनर्स्थापना प्रक्रियामा भारत सरकारको तर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement