मुख्य सचिव पाठकले गरे दलाई लामाको भ्रमणलाई लिएर चलिरहेको तयारीको समीक्षा

n563600612170205461355090d73a075f8a6dc2fd999b110fc054d3aa466cdbf6ad76d95bfd923e111c9e49.jpg

गान्तोक: आध्यात्मिक गुरु परमपावन दलाई लामाको प्रस्तावित भ्रमणलाई लिएर युद्धस्तरमा तयारी चलिरहेको छ। दलाई लामा आगामी ११ दिसम्बरका दिन सिक्किम आउने छन् भने १२ दिसम्बरका दिन राजधानीको पाल्जोर स्टेडियममा आयोजित एक कार्यक्रममा अनुयायीहरूलाई सम्बोधित गर्नेछन्।

यस क्रममा आज राज्यका मुख्य सचिव वीबी पाठकले पाल्जोर स्टेडियमको भ्रमण गरेर अन्तिम चरणको तयारीको समीक्षा गरे। यस अवसरमा उनको साथमा गृह एवं शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर. तेलाङ, डीजीपी एके सिंह, विभिन्न विभागीय प्रमुखहरू पनि उपस्थित थिए।

मुख्य सचिवले तयारीको बारेमा जानकारी लिॅंदै तयारीको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरे। उनले बस्ने व्यवस्था, सुरक्षा, मिडिया प्लान तथा कार्यक्रमहरूको बारेमा चर्चा गरे। यस अतिरिक्त उनले ११ देखि १४ दिसम्बरसम्म दलाई लामाको भ्रमणसित सम्बन्धित अन्य कार्यक्रमहरूको समीक्षा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement