कालचिनी र राईमाटाङ चियाबारीको समस्या लिएर द्विपक्षीय चुक्ति

IMG-20220722-WA0168.jpg

कालचिनी: बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधिनस्थ रहेको कालचिनी र राईमाटाङ चियाबारीको विभिन्न समस्याहरु लिएर आज अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्यामा दुवै कमानको प्रबन्धनपक्ष साथै मालिक एवम् कमानको ट्रेड यूनियन प्रतिनिधिहरुबीच द्विपक्षीय सभा सम्पन्न भएको थियो। उक्त सभामा जेएलसी र डीएलसी अधिकारीहरुको उपस्थितिबीच कालचिनी र राईमाटाङ चियाबारीको श्रमिकहरुको पीएफ, ग्रेच्युटी, कमानको फ्याक्ट्री चालू गरिनु पर्ने, १५ प्रतिशत रोज वृ्द्धिको रकम चुक्ति आदि विषयहरुमा कमानको ट्रेड यूनियन प्रतिनिधिहरुले विस्तारित दाबी प्रस्तुत गरिएपछि अन्ततः कालचिनी र राईमाटाङ चियाबारीको मालिकपक्षले अन्ततः राईमाटाङ चियाबारीको श्रमिकहरुको बकाया २ लाख रुपियाँ ग्रेच्युटी र कालचिनी श्रमिकहरुको ३ लाख रुपियाँ बकाया ग्रेच्युटी आगामी एक महीनाभित्र भुगतान गरिने सहमति बनेको थियो भने पीएफ रकमलाई हाइकोर्टले दिएको निर्देश बमोजिम ७२ वटा इन्सटालमेन्टमा अवराशप्राप्त श्रमिकहरुलाई दिईने साथै श्रमिकहरुको १५ प्रतिशत रोज वृ्द्धिको बढ़ती पैसा १६ जुलाईको दिनदेखिको हिसाब गरेर आगामी १३ अगस्तको दिन प्रदान गरिने सहमति बनेको बताईएको छ।

कमानको फ्याक्ट्री आगामी १५-२० दिनपछि पत्तीको उपलब्धता हुने बित्तिकै चालू गरिने सहमति साथै उद्योगको नियम अनुसार श्रमिकहरुले ८ घन्टाको कर्तव्य मान्न आवश्यक रहेको र बोनस तोकिएको समयमा नै दिने प्रचेष्टा गरिने बारेमा आज चुक्ति बनेको ट्रेड यूनियन प्रतिनिधिहरुले जनाएका छन। आज सम्पन्न सो द्विपक्षीय सभामा बीटीडब्ल्यूयूको महासचिव राजेश बारला, टीसीबीएसयूको राज्य प्रतिनिधि नकुल सोनार, डीसीबीडब्लूयू सभापति गोपाल प्रधान एसीबीएमयू प्रतिनिधि विकास महली लगायत अन्यान्य युनियन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

About Author

Advertisement