अयोध्यामा राम मन्दिर निर्माण हुनसक्छ भनेर कसैलाई विश्वास थिएन: अमित शाह

n5635501121702052905170061b88381caaf91be5d810bfb86268d6e309a2953a6322695b760d204757fc0e.jpg

नयाँ दिल्ली: केन्द्रिय गृहमन्त्री अमित शाहले शुक्रवार भने, सांस्कृतिक विरासतको संरक्षण अनि विकास विरोधाभासी होइन। उनले भने, अयोध्यामा भगवान श्रीरामको जन्मस्थानमा मन्दिर निर्माण हुनसक्छ भनेर पहिला कसैलाई पनि विश्वास थिएन।

केन्द्रियमन्त्री शाहले शुक्रवार दिल्लीको बुराड़ी मैदानमा अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी)- को 69औं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरिरहेका थिए। उनले अयोध्यामा राम मन्दिर निर्माणलाई लिएर प्रश्न गर्नेहरूको उल्लेख गर्दै भने, पहिला कसैलाई पनि विश्वास थिएन कि अयोध्यामा राम मन्दिर निर्माण हुनसक्छ। राम मन्दिर निर्माणलाई लिएर प्रश्न गर्नेहरूलाई पनि आगामी २२ जनवरीको दिन उनले अयोध्यामा मिठाइ खान आउने निम्ति दिए। उनले भने, सांस्कृतिक विरासतको संरक्षण अनि विकास विरोधाभासी होइन। हाम्रो विरासत नै आधुनिक विकासको कुञ्जी हो। हामीले आफ्नो सांस्कृतिक विरासतलाई अप्नाएका छौं जसलाई सारा दुनियाँले उचित श्रेय दिएको छ।

अमित शाहले एबीवीपी कार्यकर्तासित भने, यस देशको स्वर्णिम भविष्यले तपाईको प्रतीक्षा गरिरहेको छ। पछिल्लो दश वर्षमा ठूलो परिवर्तन भएको छ। ‘घोटालाहरू’- को स्थानमा अब हामीसित नयाँ-नयाँ ‘योजनाहरू’ छन्। ‘तुष्टीकरण, परिवारवाद औ जातिवादको राजनीति’- को सट्टा अब हामीसित ‘प्रदर्शनको राजनीति’ छ। भारतको समय आइसकेको छ। हरेक समस्याको समाधान गर्नका लागि आज विश्वले भारततिर ठूलो आशा लिएर हेरिरहेको छ। देशमा जुन परिवर्तन आएको छ त्यसलाई सातत्यपूर्ण बनाउँदै हाम्रो कल्पनाको भारत रचना गर्ने अब तपाई सबै युवाहरूको हो।

शाहले एबीवीपीसितको आफ्नो सम्बन्धको उल्लेख गर्दै भने, “मलाई यो भन्दा कुनै प्रकारको सङ्कोच लागिरहेको छैन कि म एबीपीपीको अर्गेनिक प्रोडक्ट हुँ।” आज यहाँ एबीवीपीको राष्ट्रिय अधिवेशनमा आफू मुख्य अतिथिको रूपमा उपस्थित हुन पाउँदा आफूलाई गर्व महसुस भइरहेको पनि उनले बताए। शाहले भने, “यो अनुभव त्यस व्यक्तिले मात्र गर्नसक्छ जसको शुरूआत राजकोट अधिवेशनमा पण्डालको अऩ्तमा बसेर भएको थियो र आज उ मुख्य अतिथि भएर आएका छन्।”

उनले एबीवीपीलाई शिक्षा व्यवस्थाको सबैभन्दा ठूलो सङ्गठन बताउँदै अघि भने, यसले शिक्षा प्रणालीमा रहेका कमी-कमजोरीहरूलाई दूर गर्ने प्रयास मात्र गर्दैन जबकि विद्यार्थीहरूको चरित्र निर्माणमा पनि मद्दत गर्दछ। एबीवीपीले आफ्नो स्थापनाकालदेखि नै देशको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। चाहे त्यो भाषा आन्दोलन होस् वा शिक्षा आन्दोलन वा त संस्कृतिको संरक्षण गर्न होस्।

विद्यार्थी परिषदका विद्यार्थीहरू देशको हरेक क्षेत्रमा अघि बढ़िरहेका छन् चाहे त्यो मीडिया होस् वा राजनीति भन्दै शाहले अघि भने, विद्यार्थी परिषदले वर्षौंदेखिकै आफ्ना विद्यार्थीहरूको हरेक सानो-ठूलो समस्यालाई उठान गर्दै आएको छ। मेरो आगमनमा ‘कश्मीर होस् वा गुवाहाटी, आफ्नो देश आफ्नो माटो’- जस्ता नाराहरू गुञ्जिएको थिए! गृहमन्त्रीले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी २५ वर्षमा भारतलाई विश्व गुरू बनाउने सङ्कल्प लिएका छन्। अमृत महोत्सव र अमृतकालको जुन सङ्कल्प नरेन्द्र मोदीजीले देश समक्ष राखेका छन् त्यो तपाईहरूको लागि हो, किनभने यसलाई तपाहरूले देख्न पाउनु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement