गान्तोक: श्री श्री श्री हरेश्वर शिवालय मन्दिर कमिटीले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गऱ्यो। यस भेट अवधि कमिटीका पदाधिकारीहरूले राज्यपाललाई श्री श्री श्री विष्णु पुराण महायज्ञ, लोवर साम्दोङको निम्ति निमन्त्रणा दिए।राजभवनद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, मन्दिर कमिटीका पदाधिकारीहरूले राज्यपाललाई कमिटीका गतिविधिहरूको बारेमा जानकारी गराए। राज्यपालले समृद्ध परम्परा र संस्कारहरूको संरक्षणको दिशामा कमिटीका कार्यहरूको सराहना गर्दै आफ्नो हार्दिक शुभकामना व्यक्त गरे।