गेजिङ: राज्यको विद्युत विभागमा कार्यरत लाइनम्यानहरूलाई लिएर आयोजित प्रशिक्षण कार्यक्रमको आज समापन भयो। यस अवसरमा जिल्ला अध्यक्ष डीएस लिम्बू मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।
कार्यक्रममा गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
गेजिङ जिल्ला प्रशासन र विद्युत विभागको संयुक्त पहलमा आयोजित आईटीआई गेजिङलाई प्रशिक्षणको साझेदाकोरूपमा छनोट गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै आईटीआईका प्रचार्यले भर्ना भएका नयाँ लाइनम्यानहरूलाई लिएर आयोजित प्रशिक्षणबारे विस्तृतरूपमा जानकारी गराए। उनले २० दिनसम्म चलेको यस प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थीहरूलाई आधारभूत प्रशिक्षण प्रदान गरिएको बताए।
यसै क्रममा गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदालेले आफ्नो सम्बोधनमा नयाँ भर्ना भएका लाइनमेनलाई प्रदान गरिएको प्रशिक्षणबारे जानकारी गराउँदै उक्त कार्यक्रमलाई दुईवटा भागमा विभाजन गरिएको बताइन्। उनले २० दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा प्रशिक्षार्थीहरूलाई आधारभूत तालिम दिइएको जानकारी गराइन्।