गान्तोक: पश्चिम सिक्किमको मिडल गेजिङ ६ माईल स्थित एम्बरवुड एकाडेमीमा आज वार्षिक पुरस्कार वितरण दिवस कार्यक्रम आयोजन गरियो। कार्यक्रममा क्षेत्र विधायक तथा मन्त्री लोकनाथ शर्मा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।
कार्यक्रममा जिल्ला पञ्चायत सागर शर्मा, एसबीएस बेंक प्रबन्धक रूद्र सुवेदी अध्यक्ष हरिनारायण सुवेदी, देवेन्द्र शर्मा, डा. भुषण शर्मा, शिक्षक- शिक्षिका, विध्यार्थीवर्ग अभिभावकहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि र विशेष अतिथिलाई खदा अर्पण, दीप प्रज्वलन र सांस्कृतिक प्रस्तुतिबाट कार्यक्रम सुरु भएको थियो।
स्कूलकी प्रधानाध्यापक संगीता कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विध्यालयको उपलब्धिहरूबारे प्रकाश पारिन्। कार्यक्रममा विभिन्न श्रेणीमा प्रथम र द्वितीय हुने विध्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो भने प्रधानाध्यापकद्वारा मुख्य अतिथि क्षेत्र विधायक तथा मन्त्री लोकनाथ शर्मालाई स्मृति चिन्ह प्रदान गरियो।