विशेषज्ञहरूको टोलीले गऱ्यो टिस्टा बाढ़ प्रभावित क्षेत्रहरूको निरीक्षण

n563587086170205219376582628cfa4bc63c53dfe33a07b7e47dd2b709692fbc044023a53b25dfe03dfb12.jpg

गान्तोक: राष्ट्रिय विपद् प्रबन्धन प्राधिकरणले सिक्किम राज्य विपद् प्रबन्धन प्राधिकरणको सहयोगमा आज एटीटीसी बरदाङमा टिस्टा नदीमा आएको बाढीमाथि प्रकोपपछिको आवश्यकता मूल्याङ्कन अभ्यासको लागि विशेषज्ञहरूको टोलीले एक बैठक आयोजना गऱ्यो।

टोलीको अगुवाई सन्तोष कुमार (एनआईडीएमए) ले गरेका छन् भने टोलीमा डा. एसके जेना (एनडीएमए), पीके दास (यूएनडीपी), र मुनकुन्द उपाध्याय (युनिसेफ गुवाहाटी) सामेल रहेका छन्। टोलीको उद्देश्य प्राविधिक सहयोगको समीक्षा गर्न र विपद्पछिको आवश्यकता मूल्याङ्कनलाई अन्तिम रूप दिनमा केन्द्रित थियो।

उक्त अभ्यासले घटनाबाट भएको क्षति र नोक्सानीको मूल्याङ्कन गरी विभिन्न क्षेत्रबाट पुनःनिर्माणका लागि सहयोग खोज्ने लक्ष्य राखेको बताइएको छ। बैठकमा आवास, शिक्षा, स्वास्थ्य तथा पोषण, सार्वजनिक भवन, नागरिक सुविधा, पशुधन तथा पशुपालन, पर्यटन, विपद् जोखिम न्यूनीकरण, वन तथा वातावरण लगायतका विषयमा छलफल भएको थियो।

टोलीले हालको अवस्थाको पनि मूल्याङ्कन गर्नुका साथै लैङ्गिक र वातावरणीय सरोकारहरूलाई सम्बोधन गर्दै क्षति, पुनर्स्थापना प्रयासहरू र पुन: निर्माण गर्ने अनिवार्यतामाथि पनि छलफल गरेको बताइएको छ। बैठक पछि विज्ञहरूको समूहले आईबीएम रम्फू र गोलीटारमा बाढ प्रभावित क्षेत्रहरूको भ्रमण गरेको थियो। यस अवधि टोलीले आवश्यक तथ्याङ्क सङ्कलन गर्दै घरको क्षति, प्राप्त राहत र पीडितहरूको मागबारे जानकारी लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement