सिलगढीमा लाखौँ रुपियाँको ब्राउन सुगर सहित दुईजना पक्राउ

Untitled-7-1024x576.jpg

सिलगढी: स्पेशल अपरेशन ग्रुप (एसओजी) र भक्ति नगर थाना पुलिसले सिलगढीमा ब्राउन सुगर सहित दुईजना आरोपीलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा एमडी जहाँगीर र रूबेल मियाँ सामेल छन्। तिनीहरूमध्ये रूबेल कालियाचक र जहाँगीर सिलगढीको झङ्कारमोड निवासी हुन्। सूत्रले दिएको जानकारी अनुसार आज साँझ रूबेल मियाँ ब्राउन सुगर लिएर मालदा कालियाचकबाट बसमा सवार भएर सिलगढीमा तस्करी गर्ने उद्देश्यले पीसी मित्तल बस स्ट्यान्ड आइपुगेका थिए। त्यहाँ एमडी जहाँगीर ब्राउन सुगर लिनको लागि अघिबाट पर्खिरहेका थिए। एसओजीले यसबारे गोप्य सुइँको पाएपछि भक्ति नगर थानाको साथमा बस स्ट्यान्डमा संयुक्त अभियान चलाएर दुवैलाई पक्राउ गरेर छानबीन गर्दा ६०० ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। पक्रा परेका २ जना आरोपीलाई भोलि शनिबार जलपाईगढी अदालतमा पेश गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement