युद्धबीच युक्रेनका राष्ट्रपति जेलेन्स्कीको बयान

Ukraine-President

कीभ: युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मंगलबार भने, ‘कीभले आफ्नो रक्षा क्षमताको ग्यारेन्टी गर्ने र सुरक्षाको दाता बन्ने लक्ष्यका साथ साझेदारहरूसँगको सहकार्यमा घरेलु सैन्य उत्पादन बढाउँदैछl’ अन्तर्राष्ट्रिय संचारमाध्यमको समाचारअनुसार उनले संयुक्त युक्रेन-अमेरिकाको लागि आह्वान गरे। युक्रेन साझेदारहरूमा मात्र भर पर्न नचाहेको उनले सहभागीहरूलाई बताए। ‘युक्रेनले आफ्नो सुरक्षाको ग्यारेन्टी गर्न सक्दा मात्रै हाम्रा सबै छिमेकीहरूको लागि सुरक्षा प्रदायक बन्नको लागि लक्ष्य राख्छ र बन्न सक्छ’, उनले भने। जेलेन्स्कीका यी टिप्पणीहरू राष्ट्रपतिको वेबसाइटमा पोस्ट गरिएको थियो। उनले भने, ‘म सबै अमेरिकी रक्षा कम्पनीहरूलाई युक्रेनसँग सहकार्य गर्न निम्तो दिन्छु। म विश्वस्त छु, सँगै हामी स्वतन्त्रताको नयाँ र शक्तिशाली शस्त्रागार बनाउन सक्छौं, जुन विश्वका सबै स्वतन्त्र देशहरूको लागि भरपर्दो सहायक हुनेछl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement