खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक चालक महासंघको सभा खरसाङको एक होटलमा फ्रान्चिसको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइली, पार्टी प्रभारी आरबी लामा विशेष रुपमा उपस्थित रहेका थिए। सभालाई धिरेन खातीले सञ्चालन गर्दै सभाको उद्देश्य र औचित्य विषयमा जानकारी पनि गराएका छन्। सभामा चर्चा परिचर्चा गरिएपछि संगठनको नाम भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा चालक महासंघ राखिएको छ। सभामा आफ्नो सम्बोधनमा योगेस प्रधानले अब चालक संघको हितको लागि केही गरिदिनेछ भनी आशावादी रहेको बताउँदै आगामी विश्वकर्म पूजाको लागि पूजा कमिटी गठन गर्नु पर्ने पनि सुझाव राखेका छन्। सभामा धिरेन प्रधानले संगठन बनिएकोमा खुशी व्यक्त गरे। त्यसरी नै सभामा चालकहरूको मुख्य समस्या भनेको नै पार्किङको रहेको र यसमाथि पनि कार्य गरिदिने आग्रह गरिएको छ। सभामा खरसाङमा रहेको विभिन्न सेण्डीकेटका चालकहरूले आफ्नो आफ्नो मन्तव्यहरू राखेका थिए। सबैले आफ्नो आफ्नो समस्याहरू विषयमा सभामा उल्लेख गरेका थिए। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइलीले सम्बोधन गर्दै यसपालीको चुनावमा चालकहरूले पनि आफ्नो आफ्नो तरिकाले खटेर जिताएको बताउँदै चालकहरूले आफ्नो समस्याको समाधान हुन्छ भनेर नै जिताएको हो र अनित थापाले बाचा गरे अनुसार यसपाली समस्याको समाधान गरिनेछ भनी बताएका छन् । उनले संगठनको सभाको निर्णयहरूलाई लिखित रूपमा राखेर जीटीए चिफ् अनित थापालाई भेट्ने कार्य गर्नु पर्ने र पार्टीको एउटा भातृ संगठनको रुपमा कार्य गर्ने पर्ने पनि सुझाव राखेका छन्।