काठमाडौं मोडेल कलेजका १०० जना विद्यार्थी दीक्षित

Screenshot_20231208_175928_Dailyhunt.jpg

काठमाडौं: बागबजारस्थित काठमाडौं मोडेल कलेजले २० औं दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा उक्त कलेजबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १०० जना विद्यार्थी दीक्षित भए। दीक्षित हुने विद्यार्थीलाई कार्यक्रमका कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपश्चिामाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति उपेन्द्रकुमार कोइरालाले शपथ खुवाएका थिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले दीक्षित भएका विद्यार्थीहरूलाई उद्यमशीलतासँग जोड्नुपर्ने धारणा राखे। आइडिया स्टुडियोका प्रबन्ध निर्देशक छिरिङ लामाले विद्यार्थीको समग्र विकासका लागि उनीहरूलाई नवप्रवर्तनमा जोड दिंदै देशको निम्ति नयाँ काम गर्नुपर्ने बताए। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीलाई पनि उक्त अवसरमा सम्मान गरियो। कलेजले ‘केएमसी एक्सिलेन्सी अवार्ड’बाट बीबीएका सिम्रन आचार्यलाई ३० हजार रुपैयाँसहित सम्मानित गर्‍यो। कलेजले विद्यार्थीलाई अध्ययन अनुसन्धानमा लाग्न उत्प्रेरणा प्रदान गर्ने उद्येश्यले स्थापना गरेको २५ हजार रुपैयाँको ‘बेस्ट थेसिस अवार्ड’ एमबीएसका रेविका भण्डारी र एमएका युगल श्रेष्ठलाई प्रदान गरियो। यस्तै १० हजार रुपैयाँको केएमसी एकेडेमिक एक्सिलेन्स अवार्डबाट एमएका गोकर्ण ओझा, एमबीएसकी रेविका भण्डारी, बीबीएसकी चाँदनीकुमारी झा र बीबीएकी श्रुति भटराईलाई सम्मानित गरियो। बेस्ट अन्डरग्राजुएट रिसर्च अवार्डबाट मोनिका लामा, कुशल उप्रेतीऽ मेरिजन राई, नवीन महतो, शान्ति भटराई, सानु तामाङ र आश्मा चौधरीलाई सम्मान गरिएको थियो। उक्त पुरस्कारको राशि क्रमश: २० हजार, १५ हजार, १० हजार र ५ हजार रहेको छ। २००३ सालमा स्थापित काठमाडौं मोडेल कलेजमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एमबीएस, एमए अंग्रेजी, बीबीए, बीबीएम, बीबीएस, बीसीए र बीएसडब्लु कार्यक्रम सञ्चालनमा छन्। यो कलेज यसैवर्ष देशभरका निजी कलेजतर्फ शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट शैक्षिक संस्थाको रुपमा सम्मानित भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement