महुआले अधर्म गरेकी छन्, उनको पराजय हुनेछ- सुकान्त

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः घूस लिएर संसदमा प्रश्न सोधेको आरोपहरूमा घेरिएकी तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्रा विरूद्ध शुक्रवार लोकसभामा एथिक्स कमिटीको रिपोर्ट पेश गरिएको छ। यसअघि मीडियासित कुरा गर्दै महुआले आफूलाई दुर्गा बताइन् औं भाजपाले उनको चीर हरण गरेको छ, अब महाभारतको रण हुनेछ भनेकी थिइन्।

यसमा प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदारले प्रतिक्रिया व्यक्त गर्दै भने, महाभारतको रण हुनेछैन। वास्तविकता यही हो कि महाभारतमा अधर्मको हार भएको थियो र धर्मको जित। यस मामिलामा महुआले अधर्म गरेकी छऩ् यसैले उनको पराजय हुनेछ।

मजूमदारले भने, चीरहरण द्रौपदीको भएको थियो, शूर्पणखाको होइन। यस मामिलामा महाभारत हुनेछैन। महाभारतको कृष्ण र अर्जुन त यहाँ छन्, पीएम मोदी र अमित शाह। महाभारत धर्मको रक्षाको निम्ति भएको थियो। महुआले अधर्म गरेकी छन्। महाभारतमा पनि अधर्मको हार भएको थियो र धर्मको जित भएको थियो। यस पाली पनि दर्मको जित हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement