कोलकाताः राज्यको चर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका कालीघाटका काकू उर्फ सुजयकृष्ण भद्रलाई जोका ईएसआई अस्पताल लैजान ईडी अधिकारी शुक्रवार बिहान एसएसकेएम पुगेका छन्।
यद्यपि, अस्पतालको तर्फबाट उनी गम्भीर रूपमा बिरामी भएपछि उनलाई एसएसकेएमको आईसीयूमा शिफ्ट गरिएको बताइयो। ईडी अधिकारी अत्याधुनिक एम्बुलेन्सको साथ पुगेका थिए। एसएसकेएम सूत्रहरू अनुसार, उनको शारीरिक स्थिति खराब भएको कराण उनलाई आईसीयूमा भर्ती गराइएको छ। छात्ती दुःखेपछि उनलाई क्याबिनदेखि निकालेर कार्डियोलोजी विभागको आईसीयूमा लगियो। ईडीका अधिकारीले यसबारे अस्पताल अधिकारीहरूसित कुरा गरिरहेका छन्।
ईडीले काकूको आवाजको नमूना लिन चाहन्छ र यसलाई शुक्रवार परीक्षणको निम्ति पठाउन चाहन्छ भनी ईडी सूत्रहरूले अवागै जानकारी दिएको थियो। यसैले उनलाई ईएसआई जोका अस्पतालमा लैजाने तयारी गरिएको थियो तर अब उनलाई लैजान सकिनेछ वा छैन, यसलाई लिएर अन्योलता बनेको छ।
-हिस