कोलकाताः मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तर बंगालका पहाड़हरूका लागि छुट्टै स्कूल सेवा आयोग शुरू गर्ने घोषणा गरेकी छन्। मुख्यमन्त्रीको शुक्रवार कालेबुङमा सरकारी सेवा वितरण कार्यक्रम थियो। त्यस मंचबाट ममताले पहाड़को निम्ति छुट्टै स्कूल सेवा आयोग शुरू गर्ने घोषणा गरिन्। उनले भनिन्, यस बाहेक दार्जीलिङ, कालेबुङको निम्ति छुट्टै जिल्ला स्कूल बोर्डको गठन गरिनेछ। यसको निम्ति शुक्रवार एक तदथ समिति गठन गरिनेछ। ममताले आज भनिन्, पहाड़हरूका लागि रीजनल स्कूल सर्विस कमीशन फर हिल्सको गठन गरिनेछ। त्यसले नै दार्जीलिङ, कालेबुङका १४६ प्राथमिक र उच्च प्राथमिक विद्यालयहरूमा ५९० रिक्त शिक्षण पदहरूमा नियुक्ति गर्नेछ।
एक अधिकारीले भने, यसलाई विकेन्द्रीकरणको दृष्टिकोणले हेर्नु राम्रो हो। राज्य सरकारले पनि यो निर्णय त्यही दृष्टिले लिएको छ। ममताले भनिन्, केही मानिसहरू पाँच वर्षमा एक पल्ट सक्रिय हुन्छन् र पहाड़लाई अनियन्त्रित गर्ने प्रयास गर्छन्। उथल-पुथलको स्थितिमा उद्योगपति कसरी निवेश गर्नसक्छ ? पहाड़लाई शान्त राख, म विकासको जिम्मा लिन्छु। मतदानमा धेरै जना आउछन्, धेरै प्रलोभन दिन्छन्। शातामा १५ लाख दिने वाचा गरियो तर केही भएन। पहाड़हरूमा सूचना प्रौद्योगिकी हम बनाइनेछ। त्यहाँ २४ हजार करोड़को निवेश गरिनेछ।