कोचबिहार : पुण्डीबारीपछि यसपटक कोचबिहारको बाबुरहाटमा सुनको पसलमा चोरीको घटनाले पुरै इलाकामा तनाब फैलाएको छ। पुलिसको भूमिकामाथि प्रश्न उठेको छ। सुनका व्यापारीहरू त्रासमा छन्। चोरीको सिसिटिभी फुटेज पनि कैद भएको छ। पछिल्ला दुई दिनदेखि सुन पसलमा एकपछि अर्को चोरीका घटना भइरहेका छन्। गत बुधबार राति कोचबिहारको पुण्डीबारी पुलिस थानाबाट पैदल दूरीमा रहेको पुण्डीबारी बजारमा दुईवटा सुन पसलमा चोरी भएको थियो। एक वर्षअघि पनि सोही पसलमा चोरी भएको थियो।

हिजो राति कोचबिहारको कोतवाली थाना क्षेत्रको बाबुरहाट बजार क्षेत्रमा एकपछि अर्को गरी तीनवटा सुन पसलमा लुटपाट भएको थियो। आज बिहान पसल खोल्ने क्रममा तीन सुन पसलबाट चोरहरूले सबै सामान लुटिएको व्यवसायीले देखे। चोरहरूको कार्य सिसिटिभीमा कैद भएको छ।










