मुख्यमन्त्रीको घोषणापछि जीटीए कर्मचारीहरूद्वारा पटेका पड्काएर मनाए खुशीयाली

IMG-20231208-WA0234.jpg

मुख्यमन्त्री ममता र अनित थापालाई दिए धन्यवाद

खरसाङ: खरसाङको कार्यक्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीए कर्मचारीहरूको लागि गरेकी घोषणापछि आज खरसाङ बजारमा जीटीए कर्मचारीहरूले पटेका पड्काएर खुशी मनाएका छन्। खरसाङको मन्टिभियट खेल मैदानमा मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीए कर्मचारीहरूको अवकाशपछि २० लाख रूपियाँ ग्राजुएटीको रूपमा दिइने घोषणा साथै कर्मचारीहरूको वेतनमा संसोधन गरिने घोषणा गरेको केही क्षणमा खरसाङ बजारमा आएर जीटीए कर्मचारीहरूले पटेका पड्काएर खुशी मनाएका छन्।

कर्मचारीहरूले अनित थापा जिन्दावादको नारा पनि लगाएका छन्। सबै कर्मचारीहरू खुशी भएर पटेका पड्काउँदै मुख्यमन्त्री ममता ब्यानर्जी र जीटीए चिफ् अनित थापालाई धन्यवाद दिएका छन्। यस अवसरमा पतिकारहरूसित कुराकानी गर्दै जीटीए कर्मचारी संगठनको महासचिव सुवास बस्नेतले जीटीए कर्मचारी संगठनको पक्षमा जीटीए चिफ् अनित थापाले मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका छन्। उनले ये जीटीए कर्मचारीहरूको दीर्घकालीन मांग रहेको र यो घोषणापछि लिखित रूपमा पम़नि आउने आशा व्यक्त गरे।

उनले जसरी हाम्रो मांग अनुसार आज घोषणा भयो र हाम्रो स्थायीकरणके मांग पनि यसरी नै पूरा हुनेछ भनी आशा व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement