नेपाल एसबीआई ब्यांकको साधारणसभा आह्वान

layout_set_logo

काठमाडौं: नेपाल एसबीआई ब्यांकले २९ दिसम्बरका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ। सार्वजनिक सूचना जारी गर्दै ब्याङ्कले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारणसभा बोलाएको हो। साधारणसभाले यसअघि घोषित लाभांश पारित गर्नेछ। ब्यांकले ३.७५ प्रतिशत बोनस सेयर र ६.८ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो। ब्यांकले १५ दिसम्बरका लागि ‘बुक क्लोज’को मिति तय गरेको छ। १४ दिसम्बरसम्म कायम सेयरधनी ब्यांकको लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य हुनेछन्। त्यस्तै ब्यांकले साधारणसभा मार्फत अन्य ब्यांक तथा वित्तीय संस्थालाई मर्ज, एक्वीजिसनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न, गराउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *