लोवर चिमनीमा गएको पैह्रोले लोवर चिमनी र मजुवा क्षेत्रका जनताहरूलाई धेरै असुविधा

photocollage_2022722202150262.jpg

खरसाङ: खरसाङको लोवर चिमनीमा पैह्रोले रोड वाधित बनेको छ। लोवर चिमीनमा २००३ मा नै निर्माण गरिएको पुरानो रोडमा आज बिहान पैह्रो गएपछि उक्त क्षेत्रमा पैह्रो गएपछि स्थानीयहरूलाई धेरै असुविधा भईरहेको जानकारी प्राप्त भएको छ। लोवर चिमनीमा गएको यस पैह्रोले रोड क्षतिग्रस्त बनाएपछि मजुवा क्षेत्रका मानिसहरूलाई पनि धेरै असुविधा बनाएको जानकारी प्राप्त भएको छ। यही बाटो भएर स्थानीयहरू बजार जाने, विद्यार्थीहरू स्कूल जाने, आपतकालीन सेवाको लागि बिमारीहरू लानु पर्ने तर पैह्रोले रोड वाधित बनाएपछि लोवर चिमनी र मजुवा क्षेत्रका जनताहरूलाई धेरै असुविधा भईरहेको छ। उक्त क्षेत्रमा गएको पैह्रोको कारणले उत्पन्न असुविधालाई ध्यानमा राखेर २८ नम्बर खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पाको सम्बन्धित विभागसित सम्पर्क गरेर तारपोलिन उपलब्ध गराएको र युवाहरू मिलेर पैह्रो क्षेत्रमा तारपोलिनहरू लगाउने कार्य गरिएको जानकारी प्राप्त भएको छ। लोवर चिमनीमा गएको पैह्रो विषयमा स्थानीय दिपेस थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै २००३ मा नै बनिएको यो रोडमा कुनै नाली छैन, कुनै साइड वाल छैन, कारपेटिङ पनि छैन, मरमत्तिको कुनै कार्य नभएको र कुनै देखरेख पनि नभएको गुनासो गर्दै यस पैह्रोग्रस्त क्षेत्रको सम्बन्धित विभागबाट निरीक्षण गरिदियोस् भन्ने निवेदन गर्दछौं भनी बताएका छन् । थापाले पैह्रो गएपछि स्थानीयहरूलाई धेरै असुविधा भईरहेको कारणले गर्दा यस पैह्रोगस्त क्षेत्रको निरीक्षण गरेर मरमत्तिको कार्य गरिए स्थानीयहरूलाई धेरै सुविधा हुने बताएका छन्। उनले यो पैह्रोको लागि तत्कालै सम्बन्धित विभागसित सम्पर्क गरेर तारपोलिन प्रदान गरिदिएकोमा खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पालाई धन्यवाद पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement