पहाड़मा क्षेत्रीय एसएससी लागु गर्ने र जीटीए कर्मचारीहरूलाई अवकाशपछि ग्राजुएटीको रूपमा २० लाख दिइने मुख्यमन्त्रीको घोषणा

IMG-20231208-WA0207.jpg

खरसाङ: पहाड़ भ्रमणमा आएकी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले खरसाङबाट विभिन्न सहुलियतहरू वितरण गर्दै पहाड़को लागि विभिन्न विकास परियोजनाहरू र सहुलियतहरूको घोषणा गरिन्। मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड़मा छुट्टै क्षेत्रीय एसएससी लागु गर्ने घोषणा गरिन्। उनले पहाड़मा एसएससी लागु गर्न लागिरहेका छौं जुन २००३ देखि बन्द थियो भन्दै पहाड़मा क्षेत्रीय एसएससी लागु गरेर पहाड़मा रिक्त पदहरूमा ५९० शिक्षकहरू नियुक्त गरिने बताइन्। यसको साथै उनले जिल्ला स्कूल बोर्ड शुरु गरिने साथै दार्जिलिङ र कालेबुङ जिल्ला स्कूल बोर्ड शुरू गरिनेछ। जिल्ला बोर्डमा एक हजार पदहरूमा नियुक्त गरिने पनि घोषणा गरिन्। मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जिलिङ र कालेबुङ जिल्लाको लागि अाज मात्रै २७१.९ करोड़ रुपियाँ लागत खर्चको विभिन्न परियोजनाहरूको उदघाटन र शिलान्यास पनि गरिएको बताइन्। उनले भनिन्, ‘टिस्टाको आपदामा प्रभावित ५०० भन्दा परिवारहरूलाई ७५ हजार गरेर चेक वितरण गरिएको छ। टिस्टामा प्राकृतिक प्रकोप अायो र मलाई दु:ख लाग्यो। अनित थापाले जमीन हेर्दैछ र हामी सबैलाई पुनर्वास गराउनेछौं। दार्जीलिङ र कालेबुङको घर घरमा पानी पुग्नेछ। यो काम दिल्लीले गर्दैन। ३ लाख ३२ हजार घरहरूमा पानी पुग्नेछ।’
मुख्यमनत्रीले अघि भनिन् – ‘दार्जिलिङ र कालेबुङमा पर्जा पट्टा वितरण गरिनेछ। चियाबारी क्षेत्रमा पर्चा पट्टा दिनलाई सर्वे शुरु गरिएको छ। यसको लागि जीटीएसित मिलेर कार्य गर्नेछौं। चियाबारी क्षेत्रमा स्किल ईण्डस्ट्री खोलिने छ। चियाबारी सुन्दरी योजना अन्तर्गत ३ लाख श्रमिकहरूलाई पट्टा वितरण गरिनेछ। पहाड़ शान्ति रहेको खण्डमा विकास गर्नेछौं। पहाड़ शान्ति रहे उद्योगपतिहरू पनि यहाँ आउँछन्। उत्तर बंगालमा उद्योग शुरु गर्नलाई २४ हजार करोड़ निवेस गर्नलाई कुरा भइरहेको छ। दार्जिलिङ र कालेबुङको युवाहरूमा राम्रो स्किल छ त्यसैले यहाँ आईटी सेक्टर पनि शुरु गरिनेछ।’
मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीएलाई अझैं ७५ करोड़ रूपियाँ दिने घोषणा पनि गरिन्।
उनले जीटीएको कर्मचारीहरूका राम्रो घोषणा गर्दै अब अवकाशपछि कर्मचारीहरूले २० लाख रूपियाँ पाउने भएको छ। मुख्यमन्त्रीले जीटीएको कर्मचारीहरूले अवकाशपछि ग्राजुएटीको रूपमा २० लाख रूपियाँ पाउने र जीटीएको कर्मचारीहरूको वेतनमा संसोधन गरिने पनि घोषणा गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement