मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा खरसाङबाट कालेबुङ र दार्जिलिङ जिल्लाको विभिन्न परियोजनाहरूको उदघाटन र शिलान्यास साथै सरकारी सहुलियतहरू वितरण

IMG-20231208-WA0208.jpg

खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको विशेष उपस्थितिमा खरसाङमा सरकारी कार्यक्रम शुरु भएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको विशेष उपस्थितिमा सरकारी कार्यक्रम अनुसार विभिन्न सहुलियतहरू वितरण गरिएको छ। यस अवसरमा शुरूमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले मञ्चमा राखिएको लेप्चा बोर्डको चेयरम्यान ल्याङसाङ तामसाङको तस्वीरमा धुप द्वीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरिन्। जीटीएको सूचना अनि सांस्कृतिक विभागको सह निर्देशक भानुकान्त घिसिङले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत सम्भाषण राज्यकी मुख्य सचिव आईएएस हरिकृष्ण द्विवेदीले राखेका थिए। कार्यक्रममा मुख्यमन्त्र ममताले दार्जिलिङमा स्थापना गरेको स्वाधीनता सेनानीहरू क्रमैले महात्मा गाँधी, चित्तरञ्जन दास र नेताजी सुवासचन्द्र बोसको मूर्तिहरूको भिडियो कन्फ्ररेन्समार्फत् अनावरण गरिन्। त्यसरी नै उनले दार्जिलिङ र कालेबुङ जिल्लाको विभिन्न स्थानहरूमा गरिएको कार्यहरूको उदघाटन र शिलान्यास पनि गरिन्। राज्यकी मुख्यमन्त्री ममताले दार्जिलिङ र कालेबुङ जिल्लाको विभिन्न विकास कार्यहरू गरी जम्मा २७१.९ करोड़को परियोजनाहरूको उदघाटन र शिलान्यास गरिन्। यसै कार्यक्रममा मुख्यमन्त्री ममताले टिस्टा बाढ पिढीतहरूलाई घर बनाउन ७५ हजार गरेर १०२ परिवारहरूलाई चेक पनि वितरण गरिएको छ।

यसको साथै उनले विभिन्न सरकारी सहुलियतहरू विभिन्न विभागहरूबाट पाउने सहुलियतहरू पनि वितरण गरिन्। यस क्रममा उनले पर्जा पट्टा, घर निर्माण, हेम स्टे निर्माण, कृषि साथै अन्य निभिन्न सरकारी सहुलियतहरू प्रदान गरिन्। यस सरकारी कार्यक्रममा सिलगढीको मेयर गौतम देव, जीटीए चिफ् अनित थापा, कालेबुङका विधायक रुदेन सादा लेप्चा, राज्यके मुख्य सचिव हरिकृष्ण द्विवेदी, दार्जिलिङ, कालेबुङ जिल्लाको जिल्लापालहरू, पुलिस अधीक्षकहरू, दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिकको नगकपालिका चेयरम्यानहरू, विभागीय अधिकारीहरू उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *