गितडब्लिङ: अन्तर ग्राम पञ्चायत खुल्ला धनुकाँड़ प्रतियोगिता- २०२३ को बिहिबार गितडब्लिङमा सफल समापन भएको छ। इल्टा कोषाध्यक्ष थुप्देन लेप्चाको अध्यक्षतामा सन्चालित कार्यक्रममा प्रमुख अतिथिको रूपमा एडवार्डस फाउंडेशनका टोली रहेका थिए।
लेप्चा पुरोहित (बुङथिङ) जोनसिङ्ग लेप्चा अनि एल्डर ओङ्देन लेप्चाद्वारा पूजाअर्चना औ प्रार्थना पछि विधिवत रूपमा कार्यक्रमको सुरुवात भएको थियो। प्रमुख अतिथि तथा सभापति द्वारा काँड़ छोडेपछि सुरु भएको कार्यक्रममा स्थानीय सामाजिक सञ्जालकर्मी सन्जीव लामा, सामाजिक कार्यकर्ता औ प्रशिक्षक एण्ड्रु लेप्चा, वि क्लब गितडब्लिङ , हाम्रो पार्टी प्रवक्ता श्याम गौतम, नवगठित गितडब्लिङ ग्राम पञ्चायत बोर्डलाई सम्मान सहित अभ्यर्थना जनाइएको थियो।कार्यक्रम अवधि धेरैवटा रोमाञ्क खेलहरू पनि खेलाइएको थियो। मकैको अनुमान गर्दै ६ सय रूपियामा एक जोड़ी खसी बजार निवासी दिपेन छेत्रीले हात पारेका थिए।
प्रतियोगिताको फाइनलमा कागे यूनाइटेड विरूद्ध सिक्किमको लिङ्के ब्रो मैदानमा ओर्लिएको थियो। यी दुवै दलका प्रतियोगिहरु माझ भएको रोमाञ्क खेलमा कागे युनाइटेडले स्वर्गीय युगेन लेप्चा स्मारक ट्रफी आफ्नो झोलीमा पार्न सफल भयो।
विजेता दल कागे युनाइटेडले पुरस्कार स्वरुप नगद एक लाख रुपियाँ सहित स्वर्गीय युगेन लेप्चा स्मारक ट्रफी प्राप्त गर्न सफल भयो भने लिङ्के ब्रोले उपविजेता बन्दै नगद पुरस्कार ६० हजार रुपैयाँ सहित स्वर्गीय रोमन लेप्चा स्मारक ट्रफी प्राप्त गर्यो।

प्रतियोगिताको सबैभन्दा अनुशासित दलको रूपमा दलपचन्द भेट्रन्सलाई पुरस्कृत गरियो भने कागे युनाइटेडका सागर राईलाई प्रतियोगिताको उत्कृष्ट खेलाडी चयन गरिएको थियो। लिङ्के ब्रो का अरूणलाई हिजोको फाइनल खेलमा उत्कृष्ट खेलाडीको रूपमा छनौट गरिएको थियो।आयोजक समितिको पक्षबाट यस पराम्परागत धनुकाँड़ खेललाई प्रोत्साहन गर्दै सम्वर्द्धन र प्रवद्र्धन गर्ने उद्देश्यमा आयोजना गरिएको यस प्रतियोगितालाई सफल पार्न प्रत्यक्ष र परोक्ष रूपमा सहयोगको हात बढ़ाउनु हुने सम्पूर्णलाई कृतज्ञता जनाईयो।