इण्डिपेण्डेन्स कपः सामार्थ एफसी टाईब्रेकरमा विजयी

photocollage_2022722201441135.jpg

२२ जुलाईः दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा शुक्रवार एउटा म्याच खेलियो। स्थानीय दुधे खेल मैदानमा आज भएको म्याचमा सामार्थ एफसी (सालबारी)-ले पानीघट्टा हायर सेकेण्डरी स्कूललाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा पानीघट्टा एचएस स्कूलबाट सुरज राईले छैटौं अनि सामार्थ एफसीबाट रोहन प्रधानले २४औं मिनटमा गोल गरे। आजको म्याचमा अतिथिको रूपमा धन कुमार राई, प्रमोद शर्मा, दिनेश थापा, कृष्ण थापा र टिकाराम प्रधान उपस्थित थिए। भोलि दुईवटा म्याच खेलिनेछ। पहिलो म्याच नाम्सु एफसी र जीकेएफसी-बीच खेलिनेछ। यसरी नै दोस्रो म्याचमा जाबरा एफसी र एलजीएससी खप्रेलबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement